Tuesday, 20 October 2015

हिमाल जस्तो

निस्छल तिम्रो माया अटल हिमाल जस्तो
तिम्रो आँखा भित्र च्छो-रोल्पा ताल जस्तो।

धनी छ्यौ मायामा,म छु भोको मायाको
तिमी छेउ आयौ, भए मालामाल जस्तो।

हराभरा भाको छु, बसन्त ऋतुमा झैं
तिमी विना थिए, सुकेको पराल जस्तो।

नयाँ जीवन पाए, जोस,आशा,उमंग
रंगीन भयो जीवन, भो नयाँ साल जस्तो।

परी जस्ती तिमी , महारानी हौ मेरी
ट्वाल्ल हेर्छु तिम्रो मयूरको चाल जस्तो।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।