भोड्का,रम छोडेर तीन्पानेको कुरा गर
सद्देको कुरा छोडौ, कानेको कुरा गर।
ए नेता!गर्छौ सधैं कुर्सी,सत्ताका कुरा
स्वदेश छोडी बिदेश जानेको कुरा गर।
उपचार नपाएर अकालमै मर्छन् कोइ
प्रकोपले पीडित त्यो सानेको कुरा गर।
युरोप र अमेरिका जस्तो किन चाहियो
कुटो-कोदालो गरी खानेको कुरा गर।
लुकाउन नखोज कमी र कमजोरी
निर्दोसी लाई गोली हानेको कुरा गर।
No comments:
Post a Comment