Saturday, 17 October 2015

धर्तीमा झरेर देखा

ए जून तिमी!धर्तीमा झरेर देखा
राती झैं दिउँसो उज्यालो छरेर देखा।

धनी-गरीबको बीचमा लामो दूरी छ
असमानताको यो खाडल भरेर देखा।

कति खोक्छौ र नेता हो जनता माझ
व्यबहारमा नि साच्चिकै गरेर देखा।

किन गर्छौ र प्रहार पछाडि बाट
सक्छौ नै भने अगाडी परेर देखा।

आदर्शका ती कुराले हुँदैन हेर
देशको लागि तिमीले मरेर देखा।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।