सबै तिर बाट चेपुवामा परे म
भ्यागुता झैं उफ्री कुवामा परे म।
थुतेर फालेको तास जस्तै भइयो
खप्पीस जुवाडेको जुवामा परे म।
मीठा सपना होलान् छोरा र छोरीको
बाध्यता र बिवश बुवामा परे म।
न्यानो न्यानो माया दिउला भन्थे उन्लाइ
कठङ्ग्रीने चिसो रुवामा परे म।
सुस्तरी सुस्तरी चाल्न थाले यात्रा
खरायो होईन कछुवामा परे म।
No comments:
Post a Comment