Monday, 19 October 2015

तेल जिन्दगीको

सकिन लागि सक्यो तेल जिन्दगीको
भर लाग्न छाड्यो अचेल जिन्दगीको।

नभनी दिन-रात घोट्छौं हाड,छाला
गुलामी गर्नुछ बा-चुन्जेल जिन्दगीको।

दुई मुठी सास र दुई थोपा रगत
सकिन्छ कति खेर खेल जिन्दगीको।

चल्दैछ जिन्दागानी गुडेको गाडी झै
कुन मोडमा ब्रेक फेल जिन्दगीको।

मिलन र बिछोड भैरन्छ जीवनमा
हुन्छ नै माटो संग मेल जिन्दगीको।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।