गाउँ घरको मेला पर्व धाइन्छ मज्जाले
साथी संगी संग दोहोरी गाइन्छ मज्जाले।
पल्लो गाउँकी साइली लाई पट्याइन्छ मर्दाले
जुगै जाने चोखो माया लाइन्छ मज्जाले।
दुई दिने जिन्दगानी मरी लानु के छ
हासौ,खेलौ यही मात्र पाइन्छ मज्जाले।
दूध दुहुन्छु भैसीको, घिउ,मोई बनाउछु
कोदोको ढिडो र सिस्नु खाइन्छ मज्जाले।
आधा दर्जन भन्टाङ भुन्टुङ जन्माउने हो अब
लिटो बनाइ आफ्नै हातले ख्वाइन्छ मज्जाले।
No comments:
Post a Comment