Sunday, 25 October 2015

कण-कण बाट

सुख हरु बटुल्नुछ कण-कण बाट
केही आसा राख्न हुन्न महाजन बाट।

रात,दिन खट्नु पर्छ,पसिना बगाउनु
ढुंगा,मुडा तोड्नु पर्छ यहाँ घन बाट।

मुक्तिको नाममा धेरै रगत बगि सके
केही पनि हुने छैन अब रण बाट ।

कति पर्नु बिदेशीको भरमा नै हामी
जडिबुटी खोजी गरौं अब बन बाट ।

निरन्तर लागि परौं यो देश बनाउन
रोक्ने,झुक्ने हैन,बाधा र अड्चन बाट।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।