हत्या,हिंसा मचायो त परिवर्तन कहाँ छ खै
हजारौंको बली दिने महा-सज्जन कहाँ छ खै?
नेपाल लाई स्वीजर्ल्यान्ड बनाउछु भन्थे उनी
विकासको नामै छैन अझैनि झन कहाँ छ खै?
जुका टासे जस्तै गरी टासिरहन्छ सत्तामा
जनता तिर ध्यानै छैन,उसको मन कहाँ छ खै?
लुट्नु लुट्यो देश लाई अरबौ कमायो पैसा
अरुको नै नाममा छ रे,त्यो कालोधन कहाँ छ खै?
गरीब र शोसितको निम्ति लड्छु भन्ने उसको
ढोङ्गी,स्वार्थी,नाटकीय नक्कली प्रण कहाँ छ खै?
No comments:
Post a Comment