Tuesday, 13 October 2015

माया गर्नु पर्दैन

भयो अब माया गर्नु पर्दैन
तिमी मेरो सामू पर्नु पर्दैन।

अघाइ सके तिम्रो उपेक्षाले म
मेरो लागि खुशी छर्नु पर्दैन।

पर्खी बसे कति बाटो हेरेर
लेक बाट बेसी झर्नु पर्दैन।

तिम्रो मेरो बाटो अब अलग
संग संगै पुल तर्नु पर्दैन।

भर पर्न मैले छोडी सकेको
मेरो लागि जिउनु-मर्नु पर्दैन।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।