Thursday, 29 October 2015

यता उता पल्टिँदैछु

यता उता पल्टिँदैछु,म निदाको छैन सानू
मोबाइलमा आँखा तर्छु,संदेश आको छैन सानू।

धेरै दिन भई सक्यो भाको छैन भेट हाम्रो
कस्तो छ खबर पनि मैले पाको छैन सानू

भोकै छौ कि प्यासमा छौ,कसरी थाहा पाउनु
तिम्रो यादमा आज मैले खाना खाको छैन सानू।

जती पल्ट फोन गर्छु,खै लाग्दै लाग्दैन किन
नलागेसम्म फोन म,ढुक्क भाको छैन सानू।

यदि मेरो माया भए तिमीले सम्झिनु पर्ने
मेरो मायाले तिम्लाइ के सताको छैन सानू?

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।