सोच्दा सोच्दै कैलेकाहीँ खुस्किन्छ झैं लाग्छ
उडेको चंगाको धागो चुडिन्छ झैं लाग्छ।
जस्तो थियौ पैले तिमी, बिल्कुलै फरक छौ
हाम्रो बीचको सम्बन्ध फाटिन्छ झै लाग्छ।
कोरी दियौ लक्ष्मण रेखा,पार गर्न गाह्रो
लगाएको संकट्काल लम्बिन्छ झै लाग्छ।
बल्दैछ आगो मायाको,मुटु भित्र बाट
माया गर्दागर्दै मुटु सिधिन्छ झैं लाग्छ।
भुकम्प आज ल्याउदैछौ जीवनमा मेरो
वारि-पारी हुँदा पुलै भाचिन्छ झैं लाग्छ।
No comments:
Post a Comment