गहुँ,मकै,कोदो छर्नुछ यही माटोमा
बाचुन्जेल केही गर्नुछ यही माटोमा।
जन्मी,खेली,हुर्क्यौ,स्वर्ग यहीँ हाम्रो लागि
सुख,खुशी हरु भर्नुछ यही माटोमा।
उडेर आकाश कहाँ छुन सकिन्छ र
आखिरीमा तलै झर्नुछ यही माटोमा।
उकाली,ओराली, सुख,दु:ख गर्दै हामी
जिन्दगीको सागर तर्नुछ यही माटोमा।
दुई दिने पाहुना बनी यो धर्तीमा आयौं
धन,मान छोडी मर्नुछ यही माटोमा।
No comments:
Post a Comment