Friday, 16 October 2015

कतै ला छैन

माया प्रीति कतै ला छैन
सायद मेरो बेला भा छैन।

अन्जान भै आफैं ,होला कि
कतै बाट संकेत आ छैन।

गर्थे होला माया मैले नि
मनैले खाएको पा छैन।

साथी-भाइ भन्छन्,पाइन्छ
तर खोज्ने ठाउँ था छैन।

मायामा परिन्छ,कसरी
अझै यो बाटोमा गा छैन।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।