Friday, 16 October 2015

आशा हरु

अंकुराउन गाह्रो छैन मरे पछि आशा हरु
धेरै हुन्छन् जिन्दगीमा हाम्रा अभिलासा हरु

सत्ता ढल्ने, ढाल्ने खेल चलिरहन्छ निरन्तर
देख्न मिल्छ यही देशमा धेरै नै तमासा हरु।

भ्रमको बादलले छेकिन्न सत्यका किरण हरु
एक दिन पल्टिनेछन् कर्तुतका पासा हरु।

सुख-दु:ख,माया-घृणा,मिलन-बिछोड भैरहन्छ
समय अनुकुल बद्लिन्छ आम परिभासा हरु।

परिवर्तनशील संसारमा असम्भव केही छैन
आखिर उल्टो बगेका छन् ,हेर कर्मनासा हरु।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।