Friday, 23 October 2015

छाती चिरी हेर

मेरो माया कति छ,छाती चिरी हेर
चोखो माया तिमीले पनि गरी हेर।

हीरा-मोती भन्दा पनि अमुल्य माया गर्छु
तिम्ले माया नगरेमा भुत्तुक्कै म त मर्छु।
मैले जस्तै तिमीले छेउ सरी हेर
चोखो माया तिमीले पनि गरी हेर।

ढुंगा जस्तो सार्हो मन नबनाउ बिन्ती सानू
तड्पी र'छु तिम्रै लागि नरुवाउ बिन्ती सानू
निस्छल यो मायामा तिमी परी हेर
चोखो माया तिमीले पनि गरी हेर।

मेरो माया कति छ,छाती चिरी हेर
चोखो माया तिमीले पनि गरी हेर।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।