तिमी लाई बेवास्ता गरेर म कहाँ जाउँ
तिम्रो मनबाट डेरा सरेर म कहाँ जाउँ।
सफल्ताको शिखरमा पाउ टेक्न चाहन्छु
ओरालोमा लुरुरु झरेर म कहाँ जाउँ।
मेरो यो जिन्दगीको गन्तव्य नै तिमी हौ
सुख,खुशीको झोली भरेर म कहाँ जाउँ।
मेरो धन र खुशी भन्नू नै तिमी त हौ
पैसाको प्रलोभनमा परेर म कहाँ जाउँ।
तिमी साथमा लिएर यात्रा गर्नुछ मलाइ
तिमी छोडेर नदी तरेर म कहाँ जाउँ ।
No comments:
Post a Comment