फुलमाया मेलामा आउने भन्दैछे
साथी संग दोहोरी गाउने भन्दैछे।
कम्मर मर्काएर लचक्क लचक्क
यसपालिको मेला मनाउने भन्दैछे।
सबै जना आउनु भन्दै हिन्छे उनी
चिया हैन तीन्पाने ख्वाउने भन्दैछे।
सयौं बाट छानेर एक जना सित
चोखो माया-पिरती लाउने भन्दैछे।
सिन्दुर अनि पोते लगाएर उनी
एउटा घोर्ले छोरो पाउने भन्दैछे।
No comments:
Post a Comment