Wednesday, 14 October 2015

मुटुमा धड्काउनु पर्छ

मै हु भन्ने भन्छन् गाला पड्काउनु पर्छ
कोही कोही भन्छन् ढाड सड्काउनु पर्छ।

कस्तो रोगी बिचार मान्छे स्वास्थ भए नि
बैगुण लाई मुटुमा राखी धड्काउनु पर्छ।

जन्मिदै अपराधी हुदैनन् कोही मान्छे
परिवर्तन हुन्छ किन लड्काउनु पर्छ।

पुग्यो अब कान्ति अति भैसक्यो अति
अझै पनि नभन् शान्ति भड्काउनु पर्छ।

रीस,डाहा त्यागेर अगि बढौ मिलेर
आउ नाचौ,गाऔ, कम्मर मड्काउनु पर्छ।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।