उनको समिपमा जाने एउटा योजना थियो
पानी माग्ने निउमा गई भेट्ने चाहना थियो।
हेर्ने गर्थे टाढै बाट ,भेट्ने साइत जुर्थेन
भगवान उनी जुराइदेउ भन्ने कामना थियो।
उनी रुपकी धनी थिइन्,सुन्दरताकी खानी नै
लाग्थ्यो कि बिपना नभै मीठो सपना थियो।
बाहिरी रुपमा सुन्दरी धेरै जना भेटिन्छन्
भित्री रुप अध्यायन गरी बुझ्ने भावना थियो।
साच्चै पाए उनी लाई सर्बाङ्गीन पुर्णता
आखिर उनी भगवानको सुन्दर रचना थियो।
No comments:
Post a Comment