Wednesday, 28 October 2015

याद आउँछ

मलाइ हेर्न निस्केकी बारदली याद आउँछ
ईसाराले जिस्केकी झलझली याद आउँछ।

नजर हाम्रो जुधेर माया बस्यो यसरी
खुलेर हास्ने,बोल्ने चंचली याद आउँछ।

बाच्न सक्ने थिएनौं एक अर्का बिना त
भेट्न जांदा पसिना खलखली याद आउँछ।

एकान्तमा उनी-म, हावा चल्दा सरर
ओढेको त्यो पछ्यौरी-मखमली याद आउँछ।

एक्कासी शहरमा बसाइँ सरी उनी
दुब्लाएकी छे भन्छन् ,पातली याद आउँछ।

दु:ख-सुखका कुरा गर्थ्यौ मिलेर हामी
हात समाइ हिंडेको ती गली याद आउँछ।

ओठमा लाली अनि ती आँखामा गाजल
लाइ देउ भन्ने उहीँ नक्कली याद आउँछ।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।