घाइते पारे पछि अब मारे हुन्छ
सय टुक्रा जति मलाइ पारे हुन्छ।
शिखरमा चढ्दा बीचमा छोडे पछि
अब केको चिन्ता तलै झारे हुन्छ।
तिम्रो मन पर्ने मादल बनाउन
छुरीले यो मेरो छाला तारे हुन्छ।
निर्णय त गर्यौ अर्कै बाटो रोज्ने
भो भो तिम्रो माया अन्तै सारे हुन्छ।
जिउदो लास आज बनाइ छोडे पछि
मर्यो भन्दै अब नुन बारे हुन्छ ।
No comments:
Post a Comment