तीखे भनेर के गर्नु,जस्को सिङ नै छैन भने
टाला बोकेर के काम,जहाँ हिङ नै छैन भने।
ठाउँ न ठहर हजूर, बुढीको कस्तो रहर
पार्क गर्न खोज्छे गाडी ,पार्किङ नै छैन भने।
मादलुको ताल हुन्छ,सारङ्गीको धून हुन्छ
चुरा लाको ब्यर्थ हुन्छ छिङ-छिङ नै छैन भने।
जुवा,तास, देउसी,भैलो खेली मात्र काफी छैन
के दशै,केको तिहार, जहाँ पिङ नै छैन भने।
नारी-पुरुष दुई पाङ्ग्रा,हुन् नी एउटै रथका
स्त्री मात्र भई के गर्नु,पुलिङ नै छैन भने।
No comments:
Post a Comment