कसले माया लाउछन्,मेरो चाला देखेर
हुरुक्कै हुन्छु म त रातो गाला देखेर।
धुमधाम बिहे भयो संगै पढ्या साथीको
बिहे गरुँ गरुँ लाग्यो वर-माला देखेर।
मान्छेहरु भन्ने गर्छन्,राम्रो भित्री सुन्दर
परै बाट टाप कस्लान्,कालो छाला देखेर।
शहरमा हुर्केकी हुन्,बसेकी महलमा
गाउँघरको बाटो र खोला नाला देखेर।
चुलो-चौका गर्नुपर्छ, घाँस,दाउरा काट्नु
छक्क पर्लीन् अप्सरा,थोत्रा टाला देखेर।
No comments:
Post a Comment