Saturday, 24 October 2015

के आशा गर्नु

के आशा गर्नु र तरवार बाट
झुपडीले महल,दरबार बाट।

आकाश छोइ सक्यो महँगीले यहाँ
पेट पाल्न गाह्रो रोजगार बाट ।

नाका बन्द गरे, अति दु:ख पायौं
खराब छिमेकीको व्यवहार बाट।

सधैं दाल-भात,छैन ढिडो सिस्नु
दिक्क भए घरको परिकार बाट।

देश बनाउने रे हाम्रा नेता हरु
अझै तर्नु पर्छ खोलो तार बाट।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।