Sunday, 11 October 2015

खुट्टा तान्ने हरु

देखियो आफन्तका खुट्टा तान्ने हरु
आफ्नै घरमा ढुंगा,मुडा हान्ने हरु।

हाम्रो देशलाइ घाटा दुस्मन संग मिल्दा
नाका बन्द गरेर महान ठान्ने हरु।

कसरी सम्झाउनु ती मुर्ख हरु लाई
दाज्यु भाइको हात र मुख बान्ने हरु।

देशद्रोहीले सिकाउदा देश भक्तिका कुरा
खतरनाक हुने रैछन् धेरै जान्ने हरु।

होसियार मित्र हरु! डस्ला घरकै सापले
हाम्रो शत्रु लाई पनि मित्र मान्ने हरु।

देखियो आफन्तका खुट्टा तान्ने हरु
आफ्नै घरमा ढुंगा,मुडा हान्ने हरु।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।