Tuesday, 13 October 2015

झोल भए पुग्छ

चाहिदैन चोक्टा नै झोल भए पुग्छ
जीवनमा आनन्दको माहोल भए पुग्छ।

चाहिएन मोटर,बङ्ला,यश,आराम
मान्छे जतिको इज्जत,मोल भए पुग्छ।

सोच्दिन हीरा मोती ,सुन,चादी,रत्न
हासी खुशी बिताउने टोल भए पुग्छ।

महत्वाकांक्षी छैन संसार लाई जित्ने
एउटा शरीर अटाउने भूगोल भए पुग्छ।

चाहिदैन चोक्टा नै झोल भए पुग्छ
जीवनमा आनन्दको माहोल भए पुग्छ

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।