कहिले मज्जाले हसायो साथीले
कहिले धर्धरी रुवायो साथीले।
कस्तो नाता हाम्रो, मित्र,दुस्मन पनि
मुटु दुख्ने गरि करायो साथीले।
मेरो प्यारो साथी भन्दै थियो हिजो
उठेको बित्तिक्कै थर्कायो साथीले।
हसाउने,रुवाउने यसैमा मज्जा छ
दु:ख र पीर अन्तै भगायो साथीले।
त त अनि म म गर्ने उहीँ मान्छे
ठूलो घटना बाट बचायो साथीले।
No comments:
Post a Comment