Thursday, 8 October 2015

मैन झैं

पग्ले तिम्रो सामू बलेको मैन झैँ
तिमी भित्र माया भएर छैन झैं।

आफू भने सार्है भएको छु दुखी
मलाइ दु:ख पर्दा गरेको चैन झैं।

सताउछ्यौ नि कति,हुन्छ भन न
कैले सम्म हो नि हेरेकी पैन झैं।

नौनी जस्तो मन केटीको हुन्छ रे
खोट छैन म मा छर्लङ्ग ऐना झैं ।

हेर्दा कति राम्री, हेरी रहु झैं
तिमीलाई दिउँकि यो ज्यानै बैना झैं ।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।