पेस्तोल ननिकाल भो फुलबुट्टे चोली बाट
पागलै नबनाउ भो मिठास त्यो बोली बाट।
असारेको रोपाइँमा हात कतै,आँखा यता
छाती मेरो छेडिदिन्छ नजरैको गोली बाट।
सातै रंग पोतिएकी,लाग्छ परी झरेकी छे
उफ्रिदा ती हलचलले भुइँचालो होली बाट।
अलिकती त्यो फरिया के सरेको थियो माथी
यौवनको आगो लाग्यो तर्दा खेरी खोली बाट।
चढ्छे,झर्छे बिहानीमा,उकाली र ओरालीमा
झर्दा खेरी स्याउ-दाना झरे जस्तै झोली बाट।
No comments:
Post a Comment