Wednesday, 7 October 2015

धाउन बिर्सेछु

तिमी देखि टाढिएसी त्यता धाउन बिर्सेछु
यति सम्म ठक्कर खाए,माया लाउन बिर्सेछु।

तिमी संग माया लाई धेरै कुरा गुमाए
दिलै मेरो तोडी गयौ, मुस्कुराउन बिर्सेछु।

मुटु भन्ने यस्तो चिज जोड्न गाह्रो टुक्रेसी
भरोसा नै रहेन त फेरि आउन बिर्सेछु।

लेक,बेशी गर्दा खेरी गायौ,नाच्यौ मिलेर
त्यो क्षण अब रहेन नै गीत गाउन बिर्सेछु।

अन्तिम पल्ट दशैमा हो ,संगै पिङ खेलेको
संझनामै सिमीत रह्यो ,मचाउन बिर्सेछु।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।