सुरु भयो नौलो जीवन बदमासी भए
जिन्दगीको मालिक तिमी म दासी भए।
सुहागरातको पैलो दिन, लजाएकी छ्यौ
उकाली,ओराली धाए झैं प्यासी भए।
मेरो लागि तिमी सधैं पबित्र,ताजा
नसोच कहिल्यै यस्तो, म बासी भए।
बानी पर्यो मलाइ तिम्रो, बस्दिन टाढा
तिम्रो साथ पाए पछि बिलासी भए।
साचो माया शक्ति रैछ कसको के लाग्छ
म उडु कि गुडु लाग्छ, साहासी भए।
No comments:
Post a Comment