Sunday, 11 October 2015

आफ्नै देशमा

अब केही गरिन्छ आफ्नै देशमा
गहुँ,मकै छरिन्छ आफ्नै देशमा।

स्वदेशको हावा,पानी मीठो मलाइ
लेक-बेशी झरिन्छ आफ्नै देशमा।

बाख्रा,कुखुरा,गाई, भैंसी पालिन्छ
डोकोमा घाँस भरिन्छ आफ्नै देशमा।

दु:ख र सुख भन्नू नै जिन्दगी हो
मेलापातले खरिन्छ आफ्नै देशमा।

कोइलीको कुहु कुहु संग रमाउदै
खोला-नाला तरिन्छ आफ्नै देशमा।

स्वर्ग झैं प्यारो मेरो देश नेपाल
सुखको साथ मरिन्छ आफ्नै देशमा।

अब केही गरिन्छ आफ्नै देशमा
गहुँ,मकै छरिन्छ आफ्नै देशमा।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।