म उनको नशालु हेराइमा डुबे
उनको छ्ड्के आँखा जुधाइमा डुबे
न्यानो न्यानो मायाको गहिराइमा डुबे।
कलेज पढ्दा पैलो पल्ट भेट हाम्रो भो
हतारैमा ठक्कर खादा जे भो राम्रो भो
नजर झुक्ने उनको लजाइमा डुबे
नम्रे भई बोल्ने बोलाइमा डुबे
न्यानो न्यानो मायाको गहिराइमा डुबे।
रातो गुलाब दिएर प्रस्ताव राखे
अर्को दिन देखाउन घरैमा डाके
गालामा सुस्तरी हिर्काइमा डुबे
मुसु मुसु उनको हसाइमा डुबे
न्यानो न्यानो मायाको गहिराइमा डुबे।
No comments:
Post a Comment