हिमाली यो झरनाको झर्झर संग रमाउछु
हाम्रो नेपाली झन्डाको फर्फर संग रमाउछु।
स्वर्ग जस्तै सुन्दर लाग्छ मनमोहक दृश्यले
निस्छल,स्वच्छ छहराको छर्छर संग रमाउछु।
मेरा कर्मठ हातहरु खेत,गरामा चलाउछु
मिहिनेती पसिनाको तर्तर संग रमाउछु।
अहा! लहरा,पहरा, सेतम्य हिमाल् हरु
देउरालीको पिपलु र वर संग रमाउछु।
कोइलीको कुहु कुहु, डाफे,मुनालको नाच
शिशिर अनि बसन्तको बहर संग रमाउछु।
केही कुरामा कम छैन हाम्रो देश नेपाल
प्रकृति संगको आफ्नो रहर संग रमाउछु।
खोला, नाला पहाड हरु प्यारा लाग्छन् मलाई
यहाँका गाउँघर अनि शहर संग रमाउछु।
No comments:
Post a Comment