पहाड होइन तिलको सुन्छु म
दिमाग होइन दिलको सुन्छु म।
रोक्दिन म कुनै ठक्करले
अन्त होइन मन्जिलको सुन्छु म।
धोका दिने धोखेबाज होइन
सत्यवादी वकिलको सुन्छु म।
चलचित्र नि मिल्छ जीवनमा
कैले काहीँ रिलको सुन्छु म।
पहाड होइन तिलको सुन्छु म
दिमाग होइन दिलको सुन्छु म।
No comments:
Post a Comment