खुचिङ खाइस नभन सानू
दु:ख पाइस नभन सानू।
म त अझै तिम्रै मान्छे हू
अन्तै छाइस नभन सानू।
आएको छु तिमीलाई भेट्न
किन आइस नभन सानू।
भेट्न,बोल्न मन लाग्छ नि
ब्यर्थै धाइस नभन सानू।
चोखो माया ला'को छु मैले
झूटो लाइस नभन सानू।
आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।
No comments:
Post a Comment