Wednesday, 14 October 2015

बेरोजगार बनायो

हाम्रो देशको शिक्षाले बेरोजगार बनायो
सरकारले खै कस्तो, के आधार बनायो।

भए भरका सम्पती पढाइमै खर्चियो
समय परिस्थितिले नाङ्गेझार बनायो।

दिनानुदिन बढ्दैछ म जस्तैको संख्या
यति उतिर्ण भनी समाचार बनायो।

जागिर खाने हरु त पर्खी बस्छन् छुट्टी
तर हाम्रो हर दिन शनिबार बनायो।

बेरोजगारी युवाले अरु के नै गर्नु
अनायसै "माङ"लाई गजलकार बनायो।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।