Saturday, 10 October 2015

साट्न आउदैन

माया र पिरती साट्न आउदैन
लुकी,छिपी अनि ढाट्न आउदैन।

म सोझो केटा हु,सामान्य नै छु
लम्बाइ,चौडाइ गफ छाट्न आउदैन।

तिमीले जे भन्छौ त्यही नै सही
बीचमा तिम्रो कुरा काट्न आउदैन।

आधुनिक जमाना, हावा पश्चिमको
आइस्क्रीम चाटे झैं चाट्न आउदैन।

धोका लिने दिने  चल्छ रे प्रेममा
कसैको दिल मलाइ फाट्न आउदैन।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।