नजाउ भन्थिन् टाढा, दिल तोडी आए
दु:ख र पीडामा एक्लै छोडी आए।
कति गाढा थियो हामी बीच माया
सधैं भरी उनी मेरो दायाँ बायाँ ।
उनले देख्ला भनी लुकी मोडी आए
दु:ख र पीडामा एक्लै छोडी आए।
हरेक पल उनकै यादले सताउछ
कहिले भेट होला मनले अताउछ।
मायाको तस्वीर दिलमा कोरी आए
दु:ख र पीडामा एक्लै छोडी आए।
नजाउ भन्थिन् टाढा, दिल तोडी आए
दु:ख र पीडामा एक्लै छोडी आए।
No comments:
Post a Comment