नेपालीको महान चाड मनाउनु,शुभकामना दशैको
सिङ्गार,पटार गर्नु,घर रंगाउनु,शुभकामना दशैको।
प्रदेशीको पीर नलिनु है त्यहाँ,हामी यहाँ सन्चै छौं
हासी,खुशी दु:ख,पीडा लुकाउनु,शुभकामना दशैको।
साथी-भाइ,इस्ट-मित्र सम्झेका छौं ,नभुल्नु है हामी लाई
मीठा मीठा कुरा मनमा सजाउनु, शुभकामना दशैको।
गरीब अनि दुखीहरुको लागि,दशा नबनोस दशै
मीठो मसिनो जे छ खाइ रमाउनु, शुभकामना दशैको।
बर्षदिनको चाड दशैमा सबैको, घरमा खुशी छाओस है
सब मिली यसपाली नि पीङ मचाउनु शुभकामना दशैको।
बाधा,अड्चन हरु माथी बिजय हासिल गर्दै सबैले
दशामीको जमरा-टीका लाउनु,शुभकामना दशैको।
No comments:
Post a Comment