Thursday, 29 October 2015

गजल कोर्नु थियो

जानी नजानी दुई चार गजल कोर्नु थियो
सोल्टिनीको मन,मुटु चट्टै चोर्नु थियो।

म्याग्मा जस्तै तातिएर मनको कुरा जम्या छ
मौका पारी उनको सामु झट्टै फोर्नु थियो।

कति बाच्नु टाढिएर,सधैं तड्पिएर
उनको अनि मेरो मुटु संगै जोर्नु थियो।

मन मेरो छताछुल्ल पोखिएको बेला
उनी आए यी अँजुली भरी सोर्नु थियो।

जानी नजानी दुई चार गजल कोर्नु थियो
सोल्टिनीको मन,मुटु चट्टै चोर्नु थियो।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।