स्वाभिमानी, बहादुरी, वीर नेपाली
झुकाउदैन कहिल्यै शीर नेपाली ।
कहिल्यै पनि दबाउने प्रयास नगर
तोडी,फोडी अगि बढ्छ जन्जीर नेपाली।
गल्ती नगर सानो देख्ने नेपाली लाई
दुस्मनको छाती छेड्छ तीर नेपाली।
नालापानी युद्ध पनि थिए लडेका
कहिल्यै पनि थाक्दैन आखीर नेपाली।
पानी सरी बगाउछौ हामी पसिना
आफ्नो लागि आफैं कोर्छ तक्दीर नेपाली।
No comments:
Post a Comment