Tuesday, 13 October 2015

फस्न चाहन्न म

माया प्रेमको जालैमा फस्न चाहन्न म
दु:खको भुमरीमा पस्न चाहन्न म।

जन्जिरैले प्रेमको, बाधिएर त्यसै
पस्चातापको भुङ्ग्रोमा बस्न चाहन्न म।

माया गरे पुग्दछ सजाय पाउन लाई
ओइलेको फुल जस्तै खस्न चाहन्न म।

नदीको दुई किनारा मिल्दैनन् कहिल्यै
सम्बन्धको त्यो डोरी कस्न चाहन्न म।

मेरो मुटु पत्थर हो, पत्थरै छ सही
स्वार्थको चिल्लो तेल घस्न चाहन्न म।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।