दशै नेपाल तिर, कतारमा छु म
घर कहिले आउ,हतारमा छु म।
पाइन यसपाली छुट्टी आउन त
कामै छोडी आउ कि,दोधारमा छु म।
बेरोजगारी मान्छे कसरी बाच्नु र
अर्को दशैमा आउने विचारमा छु म।
चरी सरी भुरुरु उड्न कहाँ मिल्छ
बिदेशी कम्पनीको कारागारमा छु म।
भिसा नसकी कन छाड्दैनन् मलाइ
दुई बर्से अवधि करारमा छु म।
No comments:
Post a Comment