हसाउदै आयौ तिमी रुवाएर गयौ
ठाडो मेरो शीर नै झुकाएर गयौ।
मलजल गर्न किन आयौ क्षणको लागि
दु:ख र पीडाको स्वाद चखाएर गयौ।
सयौं जूनीको कसम खाएको देखियो
दुई दिनमै म देखि अघाएर गयौ।
दुनियाँको सामुन्ने नाटकै देखियो
आधी ल्यायौ,रडाको मचाएर गयौ।
आउदा तिमी खुशी थ्यौ जादा पनि खुशी
मेरो दु:खमा ताली बजाएर गयौ।
No comments:
Post a Comment