जमाना आधुनिक हुन्न,डिस्को-बार धाउदैमा साथी
ट्याटु खोपी च्यातिएको कपडा लाउदैमा साथी।
जब सम्म जनताले पाउदैनन् खुशी र सुख
जनताको तन्त्र हुन्न,लोकतन्त्र आउदैमा साथी।
असली देशभक्ती त मन-मुटु भित्र हुन्छ
दुई-चार गीत देश- भक्तिका गाउदैमा साथी।
देखिन्छ यिनै आँखामा पीडा,व्यथा सबै कुरा
लुक्दैन कहिल्यै पनि दु:ख लुकाउदैमा साथी।
मानवीय सुन्दरता भित्र नै लुकेको हुन्छ
सुन्दर हुँदैन बाहिरी रुप देखाउदैमा साथी।
No comments:
Post a Comment