Wednesday, 7 October 2015

बाकी छ

आँखा जुधी सक्यो माया गर्न बाकी छ
मायाको यो सागर मिली तर्न बाकी छ।

नजाउ न मायालु टाढा टाढा म देखि
म पनि त तिमी तिरै सर्न बाकी छ।

बसन्तको बहार जीवनमा ल्याउनुछ
फुली सक्यो प्रीति बास्ना छर्न बाकी छ।

आतूर छु म तिमी संग भेट्नको लागि
एकै क्षण पर्ख न बेशी झर्न बाकी छ।

सजाउन लागे म मीठा मीठा सपना
कुरा मिली सक्यो सिन्दूर भर्न बाकी छ।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।