Sunday, 18 October 2015

स्राप लाग्ला है

मेरा थोपा आँसुको स्राप लाग्ला है
छोडी जाने निस्ठुरी, पाप लाग्ला है।

भत्भती पोल्ने छन् निर्दयी छाती
मेरो चोखो मायाको राप लाग्ला है।

के प्रमाण दिनु पर्यो निस्छल मायाको
मुटुमा गुणस्तरको छाप लाग्ला है।

के बुझ्छ्यौ र तिमीले मनको ब्यथा
मलाई झैं दिमागमा चाप लाग्ला है।

जतासुकै जाउ तिमी एक्लै जिउछु म
कुनै दिन फर्कीन करकाप लाग्ला है।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।