Friday, 16 October 2015

धाएर आए

कसैको खोजीमा म धाएर आए
अति मीठो सप्ना सजाएर आए।

कति खोजे कति,भनी साध्य छैन
तैपनि हरेस नखाएर आए।

आकाश,पातलमा भौतारेर हेरे
यतै हुन्छ्यौ भन्ने चाल पाएर आए।

हाम्रो कहानीको उपन्यासै बन्यो
इतिहासका पाना पल्टाएर आए।

बल्ल भेट भयो राधा संग कृष्ण
एउटा लामो यात्रा सकाएर आए।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।