Wednesday, 14 October 2015

आगमन बाट


उड्न छाडे चरी मनको बन बाट
हर्ष बिभोर भा'छु आगमन बाट।

के जादू छ कुन्नि तिम्रो सुन्दरतामा
खुशीका संकेत आए तन बाट।

भाडाकुती, गुच्चा खेल्थ्यौ संगै मिली
टाढा भयौं पछि आफ्नोपन बाट।

हाम्रो प्रेम देखि छक्क पर्थे सबै
प्रसंशा गरियो मित्रजन बाट ।

असम्भव छ हुन टाढा कसै गरि
हामी एक अर्काको धडकन बाट।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।